Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम देशैभर अगाडि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

महोत्तरी – सर्वाङ्गीण विकासका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ जस्ता छोरीमैत्री शैक्षिक क्रियाकलापको आवश्यकता रहेकाे राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएकाे छ । राष्ट्रपति भण्डारीले भन्नुभयाे, ‘समाजिकस्तरमा कायम रहेको अन्धविश्वासलाई चिर्नका लागि प्रदेश २ सरकारले सुरु गरेको बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसाको विषय बन्दै गएको छ । यसलाई सरकारले राष्ट्रियस्तरको कार्यक्रमका रूपमा देशैभर अगाडि बढाउनुपर्ने आवश्यक देखिन्छ । ’

आज साेमवार महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्दै उहाँले तराई–पहाडको दिगो विकासका निम्ति चुरे संरक्षण आवश्यक रहेको बताउनुभयाे । 

कृषि क्षेत्रलाई संरक्षण गर्नसके युवा विदेश पलायन हुनबाट रोक्नुको साथै स्वावलम्बी र स्वाभिमान बनाइ अर्थतन्त्रको क्षेत्रमा समृद्धि गर्नका निम्ति सहयोग पुग्ने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयाे । 

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सङ्घीयताकाे बेस बनाउन सफल भएको धारणा राख्नुभएकाे छ । आउँदा दिनमा क्रमिक रूपमा सुधार गर्दै सङ्घीयतालाई अगाडि बढाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिनुभयाे । उहाँले भन्नुभयाे, ‘महिलालाई सशक्त बनाउन प्रदेश सरकार आरक्षण ऐन ल्याइएको हो । याे ऐनलाई टेकेर प्रदेश सरकारले लोक सेवाको परीक्षामा ५० प्रतिशत आरक्षणको व्यवस्था ल्याएको हो ।’

यसैबीच कार्यक्रममा मटिहानी नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरू विनोद मण्डल, नरेश महतो र इन्जिनियर विमलेश साहलाई राष्ट्रपतिले सम्मान गर्नुभएकाे हाे । कार्यालयमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगरपालिकाको कार्यालयले सम्मान गरेकाे मेयर हरिप्रसाद मण्डलले बताउनुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP