Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

अमेरिकाबाट खोप आउनासाथ देशभरका विद्यार्थीलाई लगाइने

काठमाडौं : सरकारले विदेशबाट ६० लाख मात्रा फाइजर खोप आउनासाथ देशभरका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार खोप आएपछि विद्यार्थीलाई लगाइहाल्ने जानकारी पत्रकार सम्मेलनमा दिएका हुन्।

उनले पहिलो एजेन्डा नै विद्यार्थीलाई खोप लगाएर सुरक्षित राख्ने रहेको बताए। उनका अनुसार खोप ५ वर्षमाथिका विद्यार्थीलाई लगाइने छ।

‘अमेरिकी सरकारसँग भएको सम्झौताअनुरूप ६० लाख फाइजर खोप नेपालमा छिट्टै आउँदै छ, आउनेबित्तिकै विद्यार्थीमा लगाइन्छ, आज स्वास्थ्यमन्त्रीलाई पनि भेटेर आएको छु।’

सरकारले ल्याएको ‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बनाउन कार्यविधि बनिसकेको जानकारी दिँदै उनले कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउने दाबी गरे। 

‘चालू शैक्षिक सत्र गुमाउन दिँदैनौं’

सरकारले ०७८ को चालू अर्थात नयाँ शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म तोकेको छ।

देशभरका विद्यालय भने कोभिडका कारण छठपछि सञ्चालनमा आएका छन। जसकारण चैतसम्ममा पाठ्यक्रम पढाएर नसकिने देखिएको छ।

तर शिक्षामन्त्री पौडेलले शैक्षिक सत्र गुम्न नदिने बताएका छन्। उनले भने, ‘यो शैक्षिक वर्ष लस हुँदैन, हामीले अनलाइन पढाइको पनि व्यवस्था गरेका छौँ, अर्को महामारी आए पनि केही असर गर्दैन।’ 

उनले स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन प्रक्रिया पनि तत्काल अगाडि बढाउने बताए। ‘३ वर्षभित्र सबै सामुदायिक विद्यार्थीलाई भौतिक पूर्वाधार तयार गर्ने गरी स्रोतसाधन परिचालन गर्ने छौँ,’ उनले भने, ‘दलित, उत्पीडित अल्पसंख्यक, पिछडिएका वर्गको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ।’

(यस्ता छन् शिक्षामन्त्री पौडेलका प्राथमिकतामा रहेका ३१ कार्यक्रम)

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP