Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

प्युठानको मतगणना स्थलमा झडप‚ दुई प्रहरीसहित सातजना घाइते

दाङ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा झडप भएको छ। मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा मतगणना अन्तिम हुन लागेको बेला विवाद हुँदा झडप भएको  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार एक पक्षले हार्ने अवस्था भएपछि ढुंगामुडा तथा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि हवाइ फायर गरिएको हो। झडपका क्रममा एक जना नेपाली प्रहरी र एक जना सशस्त्र प्रहरीसहित सातजना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी जवान गोपाल जिसी र चन्द्रबहादुर गाह घाइते छन्। यस्तैह‚ कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका-२ का २० वर्षीय कमल घर्ती, नौ बहिनी ६ का २६ वर्षीय कुँवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका-७ का खेमराज पण्डित झडपमा परी घाइते भएका छन्।

जिल्ला सभापति पदका लागि संस्थापन पक्षधर शिव रिजाल र संस्थापनइतर पक्षधर विष्णुकुमार गिरी निर्वचानमा उत्रिएका थिए। मतगणनाको क्रममा संस्थापनइतर पक्षधर गिरीले अग्रता लिएका थिए। यही क्रममा कसैले टिनमा ढुंगा हानेपछि विवाद चर्किएको थियो। संस्थापन पक्षधर रिजालका ब्यक्तिले ढुंगामुढा सुरु गरेपछि विवाद शुरु भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP