Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बलात्कार आरोपमा फरार युवक पक्राउ

रुकुम (पूर्व) : जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जबरजस्ती करणीको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मारीकाट्टेका १९ वर्षीय खड्कबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो। घर नजिकै लुकेर बसेको अवस्थामा परियारलाई बुधबार (आज) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनले गत असार १८ गते राति अन्दाजी १ बजेको समयमा घरमा एक्लै सुतिरहेको अवस्थामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेर फरार भएका थिए। पीडितले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खोजतलास जारी राखेको थियो।

उनलाई ४ महिनापछि पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP