Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

देशका धेरै ठाउँमा हुस्सु : तीन वटा प्रदेशमा हिमपातको सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो  ।

तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।  यस्तै, आज दिउँसाे प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यी क्षेत्रमा राति पनि हिमपात हुने उहाँले बताउनुभयो ।

यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ ।

हिजो १० दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ८ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP