Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दियामा १८ वर्ष माथिका सबैलाई कारोनाविरुद्धको खोप

बर्दिया : बर्दियामा १८ वर्ष माथि उमेर समूहका सबैलाई कारोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुधबारदेखि बर्दियाका ६ वटा पालिकाका १८ वर्ष माथि उमेर समुहका सम्पुर्ण स्थानीयलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थय कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

नेपाल सरकारले उपलव्ध गराएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका झण्डै ४० हजार जनालाई पहिलो चरणमा यसअघि नै लगाइसकिएको छ। यस्तै बारबर्दिया, ठाकुरबाबा, गुलरिया, मधुवन र बाँसगढी नगरपालिका एवं बढैयाताल गाउँपालिकामा झण्डै १ लाख ११ हजार जनालाई नेपाल सरकारले उपलब्ध गराएको कोभिड-१९ विरुद्धको एस्ट्राजोनिका खोप हिजोबाट लगाउन सुरु गरिएको हो।

बर्दियाका बाँकी ६ वटा पालिकामा १८ वर्ष उमेरदेखि माथिका सबै नागरिकलाई मंसिर ८ गतेदेखि मंसिर १८ गतेसम्म १० दिन भित्र कोभिड-१९ विरुद्धको पहिलो खोप लगाइसक्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

कोभिड-१९ विरुद्धको भेरोसेल खोप एक महिना भित्र र एस्ट्राजोनिका खोप ८ देखि १२ हप्ता भित्र लगाउनु पर्ने उनले बताए। स्वास्थ्य कार्यालयले बाढी प्रभावित क्षेत्रका दुई पालिका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा प्रथामिकता दिएर यसअघि नै खोप लगाइएको हो।

८ वटै पालिकाकाका गरेर बर्दियाका १८ वर्ष उमेर माथिका बर्दियाका सबै झण्डै १ लाख ५१ हजार जना नागरिकलाई खोप लगाइनेछ । कोभिड १९ बाट अति प्रभावित भएको जिल्ला बर्दिया हो।

तराइ क्षेत्रका जिल्ला मध्ये सबैभन्दा पहिले बर्दियामा १८ वर्ष माथिका सबै नागरिकले खोप पाउन लागेको दाबी छ। यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई फाइजर खोपका लागि पनि पहल भइरहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP