Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिक्षकहरु पार्टीको कार्यक्रममा गएपछी विजयनगरका सबै विद्यालय बन्द ।।


कपिलवस्तु शिक्षकहरु पार्टीको कार्यक्रममा गएपछी कपिलवस्तुको विजयनगर गाँँउपालिका भित्रका सबै समुदायिक विद्यालय बन्द भएको छ । पालिकाका सबै शिक्षकहरु नेकपा एमालेको १० औँ महाधिवेशनका लागि चितवनमा गएपछी सबै विद्यालय बन्द भएको हो ।
विद्यालयका प्रधानाध्यपक केही दिन देखी भ्रमण गएको र अधिंकास शिक्षकहरु नेकपा एमालेको महाधिवेशनमा गएपछी विद्यार्थीको पठानपाठन समेत प्रभावित भएको विजयनगरका स्थानिय तेज प्रसाद पौडेलले बताउनु भयो ।
विद्यालयमा परिक्षा सञ्चालन भैरहेको समयमा विद्यालय बन्द गरी राजनितिक कार्यक्रममा जानु गलत भएको पौडेलले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशको नमुना विद्यालयमा छनोट भएको दुधधारी मा.वि समेत बन्द भएको स्थनिय जानकी प्रसाद यादवले बताउनु भयो । शिक्षकहरु खुलेर राजनितिमा लाग्दा शिक्षा क्षेत्र समेत बदनाम तथा प्रभावित भएको यादवले बताउनु भयो ।
विद्यार्थीहरुलाई के कति कारणले गर्दा विद्यालय बन्द गरी विदा दिएको समेत कसैलाई कुनै जानकारी नभएको नागरिक सरोकार मन्च विजयनगरको संयोजक सगराम बढईले बताउनु भयो । यसरी पार्टीको कार्यक्रमको लागि नै विद्यालय बन्द गरिनु अपत्तीजनक रहेको बर्ढईको भनाई रहेको छ ।
यता विजयनगर गाँउपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे पनि नेकपा एमाको महाधिवेशनमा गएको बुझीएको छ ।
विजयनगरका चर्चित विद्यालय गुगौलीको दुधाधारी मा.वि, भटनी प्रेमनगरको हरीबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मा.वि, डालपुरको शिव मा. वि, जगदिशपुरको भुवनेश्वरी मा.वि लगायतका विद्यालय बन्द भएको छ ।
त्यस्तै विजयनगर गाँउपालिका कार्यलायका अंधिकांस कर्मचारी पार्टीको महाधिवेशनमा गएपछी कार्यालयको कामकाज समेत प्रभावकारी भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP