Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागु औषध मुद्दाका फरार सिंह पक्राउ

कञ्चनपुर : डाँका चोरी तथा लागु औषध मुद्दाका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका वर्ष २४ का शैलु भनिने सौरभबहादुर सिंहलाई प्रहरीले आइतबार पक्राउ परेको छ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले लालझाडी गाउँपालिका–६ चानदेव क्षेत्रबाट पक्राउ गरेको हो। 

सिंहविरुद्ध विसं २०७४ को पुसदेखि विसं २०७८ कात्तिक महिनासम्म आपराधिक क्रियाकलापका प्रहरीमा आठवटा मुद्दा दर्ता रहेका छन्। तीमध्ये ६ वटा मुद्दा चोरी सम्बन्धी, एउटा मुद्दा ज्यान मार्ने उद्योग र एक मुद्दा लागु औषधको रहेको छ।

सिंहविरुद्ध झलारी इलाका प्रहरी कार्यालयमा चोरीका तीनवटा, इलाका प्रहरी कार्यालय बेलौरीमा चोरीका दुईवटा, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लागु औषध सम्बन्धी एउटा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी एउटा मुद्दा दर्ता रहेको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरी सम्बन्धी एक मुद्दा दर्ता रहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले सिंहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा आज पेश गरिएको बताए। अदालतमा पेश गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको उनले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP