Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं : काठमाडौंमा जारी यू-१९ एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश २ लाई पराजित गर्दै फाइनलमा पुगेको छ। बुधबार प्रतियोगिताअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै फाइनल पुग्ने पहिलो टीम बन्यो। लुम्बिनीले ६ खेलबाट ५ जित सहित १० अंक बनाएर फाइनल पुग्न सफल भयो।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले ३९.५ ओभरमा अलआउट हुँदै १६८ रन बनायो। जवाफमा उक्त लक्ष्य लुम्बिनीले २६.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍याे।

प्रदेश २ का लागि ओपनर शन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाउँदा गल्न झाले ३२ तथा अदिल अन्सारी २२ रनमा अविजित रहे। उसका ८ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। लुम्बिनीका लागि वासिर अहमेद्धले सर्वाधिक ५ विकेट लिंदा विशाल विक्रम केसीले ३ तथा राहुल चौधरीले २ विकेट हात पारेका थिए।

जवाफमा लुम्बिनीले उत्कृष्ट सुरुवात गर्‍याे। पहिलो विकेटका लागि ओपनरद्वय आकाश त्रिपाठी र कप्तान डेभ खनालले १४१ रनको सानदार साझेदारी गरे। त्रिपाठीले ६२ बल खेल्दै ९ चौकाको सहयोगमा ५७ रन बनाए।

त्यस्तै अर्का ओपनर डेभ खनालले ८९ बलमा ६२ रनको अविजित इनिङ खेले। उनलाई प्रज्जवल थापाले १३ रनमा साथ दिएका थिए। 

यसअघि लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो खेलमा गण्डकीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णालीसँग १४० रनले पराजित भएको थियो। यद्दपि त्यसपछि भने लुम्बिनीले लगातार जित निकाल्यो।

तेस्रो खेलमा सुदूरपश्चिमलाई २ विकेटले हराउँदा चौंथो खेलमा बागमतीमाथि ३ विकेटको जित निकाल्यो। त्यस्तै पाँचौ खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको लुम्बिनी अन्तत अन्तिम खेलमा प्रदेश २ लाई पाखा लगाउन सफल भयो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP