Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली ब्लुबुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट प्रदेश ३ –०२–०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाइकलको नक्कली ब्लुबुक बनाई चलाउने दुई जनालाई पक्राउ गरेको हो।

बास्तविक नम्वर परिवर्तन गरि नक्कली ब्लुबुक बनाएर मोटरसाइकल चलाइरहेको अवस्थामा काभ्रे पाँचखाल–४ घर भई बालाजु बस्ने ३० वर्षीय दिलिप राई चालक र पछाडि सवार गोरखा पालुङटार–९ बस्ने २५ वर्षीय नविन कोइरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ –०२–०११ प ४४०४ हो। पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी दुर्गानारायण श्रेष्ठले हुलियासहितको निवेदन महाशाखामा दिएका थिए।

पक्राउ परेकाहरूलाई चोरी मुद्दामा अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा पठाइएको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP