Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दोलखामा सहकारीका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने २ जना पक्राउ

दाेलखा – दोलखामा एक सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । गएको कात्तिक १० गते गारीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरूले सुरक्षा गार्ड पूर्णबहादुरको हत्या गरी एक लाख ८५ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

हत्या गरिएका पूर्णबहादुरको शव डोरीले हातखुट्टा बाँधेको र कपडाले मुख थुनेको अवस्थामा दुई दिनपछि नजिकैको जङ्गलमा भेटिएको थियो । पक्राउ परेका विक्रम कार्की र सुमन कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाइएको सीआईबीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP