Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लीगको तेस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदै छन्।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्रीस्टार तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

फ्रेण्ड्स र थ्रीस्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ।  सातदोबाटो र एपीएफको खेल  अपरान्ह पौने पाँच बजे हुने छ। 

दोस्रो चरणको समाप्तिमा लीगकै केही हेभिवेट खेल हुँदा अप्रत्यासित नतिजा पनि निस्किए।सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी अपराजित छ भने अर्को बलियो दाबेदार थ्रीस्टार दोस्रो चरणमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध पराजित भएको छ। 

दोस्रो चरणको समाप्तिमा ८ पटकको च्याम्पियन मनाङ एक मात्र शतप्रतिशत विजेता टोली बनेको छ।  नवौं उपाधि जित्ने लक्ष्यमा रहेको मनाङले पहिलो चरणमा जावलाखेल युथ क्लब र दोस्रोमा हिमालय शेर्पालाई समान एक शुन्य गोलले हराएको हो।

मनाङ ६ अंक सहित तालिकाको शीर्षस्थानमा छ। अर्को दाबेदार थ्रीस्टारले भने लिगमा शान्दार सुरुवात गरेपनि दोस्रो खेलमा अप्रत्यासित हार व्यहोर्यो। पहिलो खेलमा च्यासललाई ३–० ले हराएको थ्रीस्टार दोस्रो चरणको पहिलो खेलमा नव प्रवेशी सातदोबाटोसँग १–० गोलले स्तब्ध बन्यो। यससँगै सातदोबाटोले लिगकै कान्छो टोली भए पनि आफुलाई अब्बल साबित गर्‍यो।

दुई खेलसम्म अपराजित सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोल रहित बराबरी खेलेको थियो। यस चरणको अन्तिम खेलमा साबिक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीच खेल भएको थियो। जसलाई यो संस्करणकै महत्वपूर्ण मानिएको थियो। तर दुवै टोलीबाट अपेक्षाकृत प्रदर्शन भएन र खेल गोल रहित बराबरीमा सकियो।

अहिलेसम्म मनाङ बाहेक अन्य ५ टोली अपराजित रहँदा सबैले एक जित र एक बराबरी खेल्दै ४ अंक जोडेका छन्। जसमा क्रमशः संकटा, ब्रिगेड ब्वाइज, मछिन्द्र, नेपाल पुलिस र सातदोबाटो छन् । थ्रीस्टार र च्यासलले १ जित र १ हारको नतिजा निकाल्दा अन्य कुनै पनि टोलीले जित हात पार्न सकेक छैनन् । यसमा दुवै खेल गुमाएका एपिएफ र जावलाखेल बिना कुनै अंक रेलिगेशन जोनमा छ। कान्छो विभागीय टोली यस पटक पनि लिगमा कठिन अवस्थाबाट गुज्रिरहेको छ।

पहिलो चरणमा कुल १६ गोल भएको लिगको दोस्रो चरणका सात खेलमा एक गोलको औसतले सात गोल मात्र भएको छ। 

१४ खेलसम्म कुल ४३ पहेँलो कार्ड देखाइएको छ। दोस्रो चरणमा मात्र २१ पहेँलो कार्ड दिईएको छ। हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राई र मछिन्द्रका पदाधिकारी नवीन श्रेष्ठ पनि यसको भागिदार बने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP