Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रस्तावित संरक्षण क्षेत्रमा कस्तुरीको चोरी सिकारी

जाजरकोट : राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चारवटा कस्तुरीको चोरी सिकारी गरिएको छ । असोजमा चार वटा लोपोन्मुख कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए। जुम्लाका व्यापारीले बारेकोटका स्थानीयसँग मिलेर पासो थापेर कस्तुरीको चोरी सिकारी गरेको सिंहको भनाइ छ।

‘एक महिनामा एक जनाले चारवटा कस्तुरी मारेको पाइयो,’ सिंहले भने, ‘डोल्पा, जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका सिकारीले एक सिजनमा ७÷८ वटा कस्तुरी मार्दा रहेछन्। मुल्साम जिरीमा पनि मार्छन् भन्ने कुरा छ।’

निमित्त प्रशासकीय अधिकृत सिंहले तस्करहरुले कस्तुरीको एउटा दाँत एक हजार हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको बताए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थाापाका अनुसार बारेकोट तथा अन्य ठाउँबाट करिब एक दर्जनभन्दा बढी तस्करहरुलाई हतियारसहित नियन्त्रणमा लिई मुद्दा चलाइएको छ। तर, स्थानीयबासीबाट असहयोग हुँदा काम गर्न मुस्किल भएको थापाको भनाइ छ। प्रहरीको अभियान आक्रमक भएपछि डिएसपी हटाउन माग गर्दै नेताहरु गृह मन्त्रालय समेत पुगेको बताइएको छ। 

कस्तुरी प्रजजन केन्द्र स्थापना काम हुँदै

बारेकोट गाउँपालिका–९ सक्लामा कस्तुरीपालन तथा प्रजनन केन्द्र स्थापनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको छ । प्रजजन केन्द्र बनाउनका लागि १ करोड १८ लाख रुपैयाँ छुट्याइएको छ। 

कोषका वरिष्ठ संरक्षण अधिकृत डा. नरेश सुवेदीले केन्द्रका लागि यस वर्ष १ करोड रुपैयाँकै हाराहारीमा बजेट विनियोजन भइ काम भएइरहेको जानकारी दिए। उनका अनुसार भवनको काम सकिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तुरी ल्याएर प्रजनन केन्द्र स्थापना गरिने छ। नेपालमा वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानुन निर्माण भएपछि प्रजजन केन्द्र स्थापनाको लागि बाटो खुलेको हो।

त्यस्तै, मासुका मासुका लागि जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भएसँगै थप बाटो खुलेको हो । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन भने बाँकी रहेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP