Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा शीर्ष चारमा पर्न संघर्षरत रहेको म्यानचेस्टर युनाइटेडले नर्विचलाई पराजित गरेको छ। नर्विच सिटीलाई १-० ले पराजित गर्दा रोनाल्डोले दोस्रो हाफको अन्तिम समयमा गरेको पेनाल्टी निर्णायक बनेको हो।

खेल अवधिभर म्यानचेस्टर युनाइटेडले गोलका प्रयास गरे पनि ७५ औं मिनेटमा पेनाल्टीमार्फत मात्र अग्रता लिएको हो। नर्विचले पनि युनाइटेडमाथि दबाब बढाएको थियो। उसले ५ भन्दा बढी सट टार्गेटमा प्रहार गरेको थियो। बल पोसेसनमा युनाइटेड केही अब्बल रह्यो।

खेलपछि टोटेनह्याम र आर्सनललाई पछि पार्दै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ। उसले १६ खेलमा ८ जित ३ बराबरी र ५ हार भोगेको छ। युनाइटेडले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ।

त्यस्तै‚ आर्सनले साउथहेम्टनमाथि ३-० को जित निकाल्दै अघिल्ला लगातार दुई हारको श्रृंखला अन्त गरेको छ। आर्सनल २६ अंकका साथ छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP