Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

 विराटनगर : जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। भारतमा लगेर सेक्युरिटी (सुरक्षा) गार्डको जागिर लगाइदिने भन्दै ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो। गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्यालले विभिन्न व्यक्तिहरूसँग ठगी गरेको प्रहरीले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारले आफूहरू ठगीमा परेको भन्दै अर्यालविरुद्ध मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए। अर्यालले उमेशकुमार र प्रेमकुमारबाट पटक–पटक गरेर १ लाख ७३ हजार रुपैयाँ लगेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

डिएसपी श्रेष्ठका अनुसार ठगी गरेको उजुरीका आधारमा अर्याललाई विराटनगर महानगरपालिका–१० बसपार्कबाट पक्राउ गरिएको हो। अर्यालबाट अन्य धेरै सर्वसाधारण ठगिएको प्रहरीले जनाएको छ। यद्यपि हालसम्म २ जनाको मात्रै जाहेरी परेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार अर्यालयविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP