Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालिका बलात्कार कसूरमा एक जनालाई जन्मकैदको फैसला

दैलेख : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत दैलेखले एक जनालाई जन्मकैदको फैसला सुनाएको छ। नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर विकलाई जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले जन्मकैदको फैसला सुनाएको हो।

उनलाई जन्मकैदको फैसलासँगै ६ लाख जरिवाना, १ लाख पीडितलाई क्षतिपूति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए।

२०७७ पुष १७ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पुष १८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैद २५ वर्ष पुर्‍याइएको छ। कर्तव्यज्यान, गम्भीर प्रकृतिको बलात्कार, दंगा गरेर नरसंहार जस्ता जघन्य अपराधमा जन्मकैद हुनसक्ने कानूनी व्यवस्था छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP