Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मापसेपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

पर्वत : आफ्नै साथीको हत्या गरेको आरोपमा जिल्ला प्रहरीका कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार बिकले गत पुस ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा बागलुङकै बागलुङ नगरपालिका–६ लहरे पिपल घर भई भिक्षा माग्दै हिँड्ने गरेका ५७ वर्षीय शिव परियारको हत्या गरेको आरोप लागेको छ।

घान्द्रुकस्थित चिहानघाटमा रहेको ट्रसभित्र मानिसको शव फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी अधिकृत सहितको टोली खटिएर अनुसन्धान गर्दा उनीहरूबीच आपसमा झगडा भएको र मादक पदार्थ सेवन गरेका बिकले शिवको हत्या गरेको पाइएको डिएसपी तिवारीले बताए।

पक्राउ परेका बिकविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थपेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP