Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलंका र मंगलवार कुवेतसँग खेल्नेछ ।

यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । हिजो भएका खेलमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् ।

भारतले यूएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । जितसँगै भारत, पाकिस्तान र श्रीलंकाको अङ्कतालिकामा दुई÷दुई अंक भएको छ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP