Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यु-१९ एसिया कपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं :  युएईमा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज  बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशको सामना गर्दा नेपाल आफ्नो उत्कृष्ट लय देखाउने ध्याउन्नमा हुने छ। युएईको सारजाह मैदानमा हुने खेल ११:१५ मा सुरु हुने छ।

जरी प्रतियोगितामा नेपाल अन्डरडगको छवि बनाउने प्रयासमा हुने छ। विश्व विजेता बंगलादेश भने नेपाललाई हराउँदै एसियाकपमा पनि आफ्नो रवाफिलो प्रदर्शनको सुरमा छ।

नेपाल र बंगलादेशबिच भएका पछिल्ला ५ खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध २६ डिसेम्बर मा खेल्नेछ। २००८ को जनवरी २६ मा भएको खेल वर्षाका कारण रद्ध भएको थियो। त्यसपछि भएका सबै चार खेलमा नेपाल पराजित भयो।

बंगलादेश साविक विश्वकप च्याम्पियन भएकाले यू-१९ एसियाकपमा पनि उसको दाबेदारी बलियो मानिएको छ। विश्वकप जित्दाका कप्तान रकिबुल हसनलेनै एसियाकपमा पनि कप्तानी गर्ने छन्।

नेपालको कप्तान भने डेभ खनालले गर्ने छन्। त्यस्तै विश्वकप जित्दाका ओपनर प्रान्तिक नबिल पनि यू-१९ टीमको मुख्य खेलाडीका रुपमा रहने छन्। उनले भारतसँगको अभ्यास खेलमा १ सय १ रनको शतकीय इनिङ खेलेका थिए।​

समूहचरण अन्तर्गतनै नेपालले समूहको अन्तिम खेलमा कुवेतविरुद्ध २८ डिसेम्बरमा प्रतिस्पर्धा गर्ने छ। दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिताको सेमिफाइनल ३० डिसेम्बरमा हुँदा फाइनल १ जनवरीमा हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP