Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एपिएफ र एनआरटीले खेले ३-३ को बराबरी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार न्यूरोड टिम (एनआरटी)सँग बराबरी खेल्दै विभागीय क्लब एपिएफले अंक खोसेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ३–१ ले पछि परेको अवस्था उल्टाउँदै एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोसेको हो। रेलिगशेनबाट माथि उठ्न जित्नैपर्ने दबाबमा रहेको एपिएफले दबाब दिएर खेले पनि रणनीतिक रुपमा सफल हुन सकेन।

यस्तै एनआरटीले पनि बराबरीले तालिकाको वरीयता सुधार गर्ने मौका गुमाएको छ। खेलको ६९ औं मिनेटसम्म लिएको ३–१ को अग्रता कायम राख्न नसक्दा एनआरटी एपिएफसँग क बाँड्न बाध्य भयो। ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए। दर्शनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गर्दा ५ मिनेटपछि एपिएफले बराबरी गोल फर्काएको थियो।

त्यसपछि खेल पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा एनआरटीले आक्रामक खेललाई निरन्तरता दियो। ४८ औं मिनेटमा दर्शनले व्यक्ति दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ६१औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्न सक्यो। ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३–१ ले अघि रह्यो।

अशोक थापाको पासलाई स्टेफेन बिनोङको वन टच पासमा मेसुकेले वन भर्सेज वनमा गोल गरे। तर, ६५ औं मिनेटमा एपिएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए। नविन लामाको फ्रि–किकमा दिपेशले उत्कृष्ट हेड गोल गरे।  त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याउँदै एपिएफलाई हारबाट जोगाए।

यो बराबरीसँगै एपिएफले ६ खेलमा ५ अंक जोडेको छ। एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ। खेलको म्यान अफ दि म्याच एनआरटीका दर्शन गुरुङ भए। एपिएफका दिपेश धिमाल इमर्जिङ प्लेयर घोषित भए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP