Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रधानमन्त्री कपको छनोट खेलमा बर्दियासंग कपिलवस्तु पराजित

बुटवल। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दियाले कपिलवस्तुलाई १ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा ४० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तु ३१।२ ओभरमा सबै विकेट गुमाएर १०८ रनमै समेटिएको थियो। उसका लागि आकाश त्रिपाठीले ३० र अमृत पौडेलले २६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

८ ओभर बलिङ गरेका बर्दियाका निर्मल गुरुङले ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । उनी खेलमा म्यान अफ द म्याच समेत भए । यस्तै, विशालविक्रम केसी र रविस बर्माले २–२ तथा सुमित श्रेष्ठ र समिर आचार्यले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बर्दियाले २९।३ ओभरमा ९ विकेटको क्षतिमा १०९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले २८, विशालविक्रम केसीले २७ र विवेक न्यौपानेले १४ रन जोडे । बलिङमा कपिलवस्तुका राज अग्रहरिले ४, महेश भरले ३ र आकाश त्रिपाठीले १ विकेट लिन सफल भए ।

आइतबारको खेल मौसमका कारण ५० ओभरबाट ४० ओभरमा छोट्याइएको थियो । पुस अन्तिम साताबाट हुने प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टिम बनाउन छनोट खेल भइरहेको छ । लुम्बिनी प्रदेशको प्रादेशिक क्रिकेट संघको आयोजनामा भइरहेको छनोट खेल पुस २१ गतेसम्म चल्नेछ भने ७ जिल्ला सहभागी छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP