Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागुऔषधसहित एक जना पक्राउ, बाराका ४ रक्सी भट्टी नष्ट

पर्सा : तयारी अवस्थाको १ हजार ५० थान प्रतिबन्धित लागुऔषधसहित वीरगन्ज महानगरपालिकाका एक युवा पक्राउ परेका छन्। पर्साको वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट मंगलबार दिउँसो वीरगन्ज महानगरकै वडा नम्बर १३ मूर्लिका विक्रम सर्राफ पक्राउ परेका हुन्।

उनी कालो प्याष्टिकको झोलामा नजानिँदो तरिकाले लागुऔषध बोकेर पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीलाई शंका लागि जाँच गर्दा उनले तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध ३ सय ५० थान नुर्फिन, ३ सय ५० थान डाइजेपाम र ३ सय ५० थान नै फेनारगन गरी कुल १ हजार ५० थानसहित पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए।

तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध उनले भारतबाट लिएर आएको हुनसक्ने प्रहरीको अनुमान छ।

अभियुक्तको गन्तव्य कहाँ ? र कसलाई दिने ? वा आफैं प्रयोग गर्ने भन्ने सवालमा अनुसन्धान भइरहेको छ।

सर्राफलाई लागुऔषधसम्बन्धी कसुरमा कार्वाही प्रक्रिया अगाडि बढाउन थालिएको पर्सा प्रहरीले जनाएको छ।

रक्सी भट्टी नष्ट

उता बारा प्रहरीको अस्थायी प्रहरी पोष्टले पनि मंगलबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-१५ जैतापुरमा रहेका ४ वटा रक्सी भट्टी फुटाएर ५ सय ५० लिटर कच्चा पदार्थ र ५० लिटर तयारी रक्सी नष्ट गरेको छ।

घरेलु मदिरा नष्ट गर्ने अभियानअन्तर्गत बाराको भवानीपुरस्थित जैतापुर अस्थायी प्रहरी पोष्टबाट खटेर गएको प्रहरीले सो काम गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP