Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘पेस्ताेल बिक्री’ गर्न नेपाल आएका दुई भारतीय सुनसरीबाट पक्राउ

सुनसरी – सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी.एस. होटलबाट उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । उनीहरूकाे साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गाेली र चार थान म्यागजिन बरामद गरेको छ ।

बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको बताएको छ । । 

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले सुराकीका आधारमा हाेटलमा छापा पार्दा हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेकाे बताउनुभयो । सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरू पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशङ्का सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीकाे प्रक्रिया अघि बढाइएको बताएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP