Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रोनाल्डो र मेस्सीलाई पछि पार्दै एम्बाप्पेले जिते ग्लोब सकर अवार्ड

काठमाडौं : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी तथा फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे यस संस्करणको ग्लोब सकर अवार्डबाट सम्मानित भएका छन्।

एम्बाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिष्टियानो रोनाल्डो गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीलाई पछि पार्दै भोटिङको आधारमा यो अवार्ड हात पारेका हुन्।

२३ वर्षीय एम्बाप्पेले गत सिजन फ्रेन्च लिग वानमा २७ गोल गरेका थिए। एम्बाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले युईएफए नेसन्स लिगको उपाधी समेत जित्‍न सफल भएको थियो।

संयुक्त अरब इमिरेट्सस्थित अल वाल्स प्लाजामा सम्पन्न भएको बाह्रौं संस्करणको यो अवार्ड समारोहमा एम्बाप्पेलाई पुरस्कृत गरिएको थियो।

त्यसैगरी जर्मन क्लब वार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले टिकटक फ्रेन्ड्स अवार्ड र म्याराडोना अवार्ड जित्‍न सफल भएका छन्।

पोर्चुगिज फरवार्ड तथा म्यानचेष्टर युनाइटेडका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले सर्वाधिक गोलकर्ता अलटाइम अवार्ड हात पारेका छन्। रोनाल्डोले व्यवसायिक खेलमा ८ सय भन्दा बढी गोल गरिसकेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP