Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गुणस्तरहीन मल खरिदमा अर्बभन्दा बढी हिनामिना गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : गुणस्तरहीन रासायनिक मल खरिद गरेर एक अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गुणस्तरहीन डिएपी मल खरिद गरि १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ हिनामिना गरेको अभियोगमा कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

हिनामिना गरेको रकम बराबरको बिगो माग दाबी गर्दै अख्तियारले भण्डारीसहित कम्पनीका प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दिप बुढाका नाममा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

गुणस्तरहीन मललाई गुणस्तरीय भनेर गलत प्रमाणित गर्ने नेपाल वातावरण तथा वैज्ञानिक सेवा प्रालिका कर्मचारी तथा मल आपूर्तिकर्ता जोशी बीज हाउस प्रालिका प्रवन्ध निर्देशक विनित जोशीसहितका नाममा पनि मुद्दा दायर गरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP