Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सांसदका छोराको सजाय अस्पतालको क्याबिनबाटै भुक्तान

विराटनगर : ‘सानालाई ऐन, ठूलालाई चयन’ भन्ने भनाइ प्रदेश १ की सांसद बिन्दिया कार्कीले चरितार्थ गरेकी छिन्। सात महिनाअघि सवारी ज्यान मुद्दाको कैद सजाय पाएका सांसद कार्कीका छोरा रोबिन कार्कीले अस्पतालको क्याबिनबाटै सजाय भुक्तान गरेका छन्।

०७८ जेठ २० गते बेलुका साढे सात बजे भएको कार दुर्घटनाको मुद्दाले असार १६ गते जिल्ला अदालत मोरङमा प्रवेश पाएको थियो।

सोही दिनको थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका रोबिन कार्कीलाई तीन महिनापछि असोज १३ गते मादक पदार्थ सेवन गरी सवारी चलाएको दोषी ठहर गर्दै तीन वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

के थियो घटना ?

विराटनगर विमानस्थल रोडमा सांसद कार्कीका छोरा रोबिन भनिने रबिनको कारको ठक्करबाट एकजनाको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए।

गत जेठ २० गते राति सांसद कार्कीका छोरा सवार प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो।

दुर्घटनामा राजकुमार राजवंशी घाइते भएका थिए। जेठ २० गतेको दुर्घटनापछि फरार कार्की ०७८ जेठ २३ गते पक्राउ परेका थिए।

पक्राउ परेलगत्तै उनलाई प्रहरीको प्रतिवेदनका आधारमा १६ असारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रदेश १ की सांसद बिन्दिया कार्कीको नाममा रहेको उक्त कार दुर्घटना हुँदा उनकै छोरा रविनसिंहले चलाएका थिए।

अस्पतालमै कटाए सजाय

दुर्घटनामा दोषी ठहर भएका काकीले कैद भुक्तानको अधिकांश समय नोबेल मेडिकल कलेजको सेमी डिलक्स रुममै बसेर कटाएका थिए। उच्च अदालतले मंगलबार जिल्ला अदालतको फैसला आंशिक उल्टाउँदै ६ महिना १५ दिन कैद र २ हजार जरिवानाको फैसला सुनायो।

जिल्ला अदालत मोरङको फैसला आउनुभन्दा एक महिनाअघि नोबेल मेडिकल कलेजको सेमी डिलक्स रुममा बसेका कार्की उच्चको फैसला आउँदा पनि अस्पतालबाटै मंगलबारको फैसलापछि उनी रिहा भए।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले कार्की पक्राउ परेको मितिबाट गणना गर्दै फैसला मितिसम्मको समयलाई आधार बनाएर ६ महिना १५ दिन कैदको फैसला गरेको हो।

उच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा ३ अनुसार कैद निर्धारण गरेको थियो तर जिल्ला अदालतले सोही ऐनको १६१ को उपदफा २ र दफा १६२ को उपदफा १ बमोजिम तीन वर्ष कैद र ३५ हजार जरिवानाको फैसला सुनाएको थियो।

६ महिनामा दुई तहको अदालतबाट किनारा लागेको मुद्दाको सजाय भुक्तानपछि निस्किएका कार्कीले मंगलबार नै सहकर्मीहरूलाई केक काटेर भोज दिएका थिए।


दबाबले दुई तहको अदालतबाट मुद्दा किनारा

सामान्यतया अदालतमा दुई वर्षभित्र मुद्दा छिन्ने (फैसला) गरिसक्नुपर्ने मान्यता भए पनि सांसद कार्कीका छोराको मुद्दा अदालतमा पुगेको ६ महिनामा दुई तह (जिल्ला अदालत र उच्च अदालत) का अदालतबाट किनारा लागेको छ।

असार २६ गते अदालतको आदेशपछि कारागार चलान भएका कार्की भदौ २९ गतेदेखि नोबेलमा भर्ना भएका थिए। भदौ २८ गते छाती दुख्ने समस्या भएको निवेदन दिएपछि कार्की फर्किएर पुनः कारागार पुग्नु परेन।

पहुँचका भरमा चार महिना नोबेल मेडिकल कलेजमा दैनिकी काटेका कार्कीको सुरक्षाका लागि तीन सिफ्ट मिलाएर तीनजना सुरक्षाकर्मी खटिएका थिए।

भदौ २९ गते नोबेल मेडिकल कलेज भर्ना भएका कार्कीलाई कारागारले एकपटक ताकेता गरे पनि उच्च पहुँच भएकै कारण उनी अस्पतालको सेमी डिलक्स रुममा बसेका थिए।

यता कार्कीले भदौ २८ गते कारागार प्रशासनमा आफूलाई छाती दुख्ने समस्या भएकाले निजी खर्चमा नोबेल मेडिकल कलेज उपचारका लागि जाने पत्र लेखेको मोरङ कारागारका प्रमुख महेन्द्रसिंह खड्का बताउँछन्।

उनका अनुसार कारागार प्रशासनले भाेलिपल्टै (भदौ २९ गते) अस्पताललाई पत्र लेख्दै सुरक्षाकर्मीसहित अस्पताल पठाएको थियो।

यो विषयमा जिज्ञासा राख्दा कानुनव्यवसायीहरू भने यति छोटो समयमा दुई तहको इजलासले मुद्दा किनारा लगाउन शक्ति प्रयोग भएको बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP