Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पाल्पामा वृद्धाको हत्या, जंगलमा शव भेटियाे

पाल्पा : पाल्पामा बिहीबार राति एक वृद्धाको हत्या भएको छ। हत्या हुनेमा तानसेन नगरपालिका–६ कुन्सरेकी ६५ वर्षीया सरस्वती घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा ती महिलाको शव शुक्रबार बिहान करिब ९ बजे फेला परेको घटनास्थल पुगेका त्वातीले बताए। बिहान घरमा नदेखेपछि मृतकका छोराले खोजी गरेका थिए।

खोजी गर्नेक्रममा घरभन्दा करिब ५० मिटर टाढा जंगलमा शव फेला परेको उनले बताए। घटना रातिनै घटेको अनुमान गरिएको छ।

ती महिला घरमा एक्लै बस्दै आएकी थिइन्। प्रहरी नायब उपरीक्षक त्वातीको नेतृत्वमा सुरक्षाकर्मीको टोली अनुसन्धान गरिरहेको छ। घटना कसले र किन घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP