Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बैंकका कर्मचारीकै योजनामा यसरी लुटियो १६ लाख

काठमाडौं : एनआईसी एसिया बैंकको बानेश्वर शाखाबाट लुटिएको भनिएको १६ लाख रकम बैंककै कर्मचारीको मिलेमतोमा गायब पारिएको खुलेको छ। रकम संकलन गर्न हिँडेका कर्मचारीकै योजनामा सो बैंकको १६ लाख ३० हजार रुपैयाँ गायब पारिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। घटना पुस १८ गतेको हो।

सो रकम लुटपाटमा संलग्न बैंकका कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदीप गिरीका अनुसार पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोकका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ का शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनिश खड्का छन्।

यसरी रचिएको थियो लुट्ने योजना 

प्रहरीका अनुसार खत्री बैंकको ‘होम सर्भिस’ कर्मचारी हुन्। बैंकको बानेश्वर शाखामा कुनै पनि कम्पनीले ठूलो रकम जम्मा गर्न खोजे सम्बन्धित ठाउँमा पुगेर रकम बुझेर ल्याउने काम खत्रीले गर्दै आएका थिए।

पुस १८ गते उनी रकम लिन बानेश्वरस्थित १० नम्बर वडा कार्यालय र मेटलाइफ इन्स्योरेन्स कम्पनीमा गए। गिरीका अनुसार खत्रीले वडा कार्यालयबाट करिब साढे १२ लाख र मेटलाइफ इन्स्योरेन्सबाट करिब साढे तीन लाख गरी कुल १६ लाख ३४ हजार दुई सय रुपैयाँ संकलन गरेका थिए।

उनीसँगै मोटरसाइकमा बैंककी महिला कर्मचारी आरुसी भण्डारी पनि थिइन्। मध्यबानेश्वरस्थित ग्लोबल कलेज अगाडि पुगेपछि तेल सकियो भन्दै खत्रीले मोटरसाइकल रोकेर रिजर्वमा लगाउन खाेजे। त्यहीबेला विमल तामाङ, अनिस खड्का र शक्ति पौडेलले आरसीले बोकेको पैसाको झोला लुटेर भागे। 

काँडाघारी बस्ने खत्रीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर अनुसन्धान गर्दा उनकै योजनामा रकम लुटिएको पोल खुलेको हो। लुटेको पैसा चार जनाले बाँडेर लिएको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले थाहाखबरलाई बताए।

उनीहरूको साथबाट प्रहरीले १३ लाख ४६ हजार बरामद गरेको उनले जानकारी दिए। बरामद गरिएको रकममध्ये चार लाख रुपैयाँ रामेछापबाट बरामद गरिएको र काठमाडौं ल्याउँदै गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि तप अनुसन्धान भइरहेको गिरीले जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP