Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी-२० विश्वकप छनोट : नेपालले पहिलो खेल ओमानसँग खेल्ने

काठमाडौं : अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।

फेब्रुअरीमा हुने विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध खेलबाट आफ्नो छनोट यात्रा सुरु गर्नेछ।

विश्वकप छनोटमा कुल १६ टोलीले सहभागी हुँदै छन्। प्रतियोगितालाई २ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।

नेपाल रहेको समूहमा रहेका ८ टोली छन्। ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ, जसका शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने छन्।

अर्को ८ टोलीले भने जुलाईमा जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा गर्ने छन्।

यसअघि प्रतियोगिता राउन्ड रोबिनका आधारमा सञ्चालन गरिने भएपनि यो पटक समूह विभाजन गरेर प्रतियोगिताको आयोजना हुन लागेको हो।

समूह चरणमा पहिलो र दोस्रो हुने टोलीले सेमिफाइनलमा स्थान बनाउँदा फाइनल पुग्ने टोलीले अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्।

नेपाल रहेको समूहमा आयोजक ओमानसहित, क्यानडा र बहराइनले समूह ए मा रहेर प्रतिस्पर्धा गर्दा समूह बी मा आयरल्यान्ड, युएई, जर्मन र फिलिपिन्स रहेका छन्।

प्रतियोगिताको छनोट १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा हुनेछ। नेपालले पहिलो खेलमा १८ फेब्रुअरीमा आयोजकसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको सेमिफाइनल २२ फेब्रुअरीमा हुँदा फाइनल २४ फेब्रुअरीमा हुनेछ।

नेपालको खेल तालिका

फेब्रअरी १८ (फागुन ६) : नेपाल विरुद्ध युएइ ११:४५
फेब्रुअरी १९ (फागुन ७) : नेपाल विरुद्ध बहराइन ११:४५
फेब्रुअरी २१ (फागुन ९) : नेपाल विरुद्ध क्यानडा ३:४५

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP