Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस

केसर बिशवकर्मा

आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक

कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ ।

परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन ।

सायद कल्पना गर्न सकिँदैन तर बिकसित सन्चार माध्यम बाट हेर्दै गर्दा आफ्नो परिवारको सदश्य मृत्यु भैरहदा हार गुहार,चिच्यावट र आँसु कसैले सुन्न सक्ने अबस्था छैन त्यो परिदृश्यले हामिलाई पाठ मात्र होइन प्रशस्त सुरक्षीत हुने मौका र समय पाएका छौ ।

दुख र कष्टमा अनेकौ समस्यहरु त अबस्य झेल्न्नु पर्दछ अझ हाम्रो देशको जीवन शैली र जिबनयापनलाई हेर्ने हो भने त कयौं परिवारमा चुलो बल्न धौधौ होला,कयौं बालबच्चा भोकभोकै बस्नु पर्ने अबस्था पनि आउला,दैनिक मजदुरी गरेर जीवन चलाउने परिवार लाखौं छन जुन यो परिस्थितिमा सम्भब छैन मजदुरी गर्न यसका लागि भोकमरिको त्यो खाडललाई पनि राज्यले त्यतिकै गम्भीरतापुर्ण हेर्नू पर्दछ ।

विशेष केही दिन देखिको लकडाउन र जनस्तरमा परेको एक किसिमको पिडा अत्यन्त दुख दायी छ तर समय र महामारिको चपेटामा गुज्रिएका देशहरुको अबस्था हेर्दा महिनौ सम्म लकडाउन गर्नु पर्ने देखिन्छ त्यो पनि पुर्ण रुपमा संकटकाल नै लगाएर ।

अहिले नियन्त्रण भन्दा बाहिर गएका देशहरु पनि एक दुई हुँदै यो अबस्था मा पुगेका हुन स्वास्थ्य क्षेत्रमा अब्बल रहेका देशहरु पनि नराम्रो सङ्ग चुक्यो सायद त्यहाँ राज्य र जनताको कहि न कहि कमजोरी भएरै हो । हामीले प्रसस्त समय पाएकै हो अझै समय छ त्यो कहाली लाग्दो परिबेश र कहालीलाग्दो घटनाहरु बाट जोगिने ।

सायद हामी भाग्यमानी देशका नागरिकहरु पनि हौँ सयौं देशले महामारी बेहोरिरहनु पर्दा हामिलाई पुर्ब तयारी को समय प्रसस्त पाएका थियौ तर यो हुँदा हुँदै पनि आजको दिन सम्म पाचौं संक्रमण पुष्टि भैसकेको छ त्यही पनि प्राय बाहिर बाट आउनेहरुमा मात्र उहाँहरुको पुर्न स्वास्थ्यलाभको कामना गरौ ।

अन्य देशमा जस्तो स्थिति बढ्दै गयो भने स्वास्थ्य क्षेत्रमा कमजोर हाम्रो देशको अबस्था कस्तो होला कल्पना गर्न सकिदैन भोलि हामी पनि त्यही देसको अबस्थामा पुग्नेछौ जुन हाम्रो आँसु र रुवाई कसैले देख्ने छैन ।

सरकारले गरेका निर्णयलाई सबै नागरिकले आ-आफ्नो ठाउबाट पुर्ण सहयोग गरौं सरसफाईलाई ध्यान दिउ र सबैले कामना गरौं मेरो सुन्दर देश भोलि लासै लासको शहर नबनोस सबै प्रतिबद्ध भै लकडाउनलाई सफल पारौ र पहिलो चरणमा नै यो महामारीलाई निर्मुल पार्न सकौ । मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP