Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रिन्स जुनियरतर्फ विश्व वरियताको शीर्ष स्थानमा

काठमाडौं : नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टन जुनियरतर्फ विश्व वरियताको शीर्ष स्थानमा उक्लिएका छन्। उनले प्राप्त गरेको यो उपलब्धि नेपाली ब्याडमिन्टनमा कुनै पनि समूहमा सर्वाधिक उच्च हो।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा शीर्षस्थानमा उक्लिँदै प्रिन्सले इतिहास बनाएका हुन्। पछिल्ला वर्षहरुमा लगातार वरियता सुधार गर्दै आएका उनले गत वर्ष आफूलाई तेस्रो स्थानमा राखेका थिए।

सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरियता एक वर्षपछि परिवर्तन भएको हो। प्रिन्सको वरियतामा १० हजार ४०० अंक छ। कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन।

मलेसियाका जस्टिन हो ९५९० अंकसहित दोस्रो स्थानमा रहँदा मलेसियाकै मोहम्मद रजिफ ६९२५ अंकसहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP