Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हत्यामा संलग्न तीन जना पक्राउ

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका – १०, कटानीकी ३२ वर्षीय महिला सावित्री कुमारी महरा चमारको हत्यामा संलग्न तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाले पक्राउ गरेर शनिवार सार्वजनिक  गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका –१०, ताईवान टोल घर भएका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।

उनीहरू तीनै जना एउटै गाउँका हुन् । महिलाको  हत्या भएको एक साताभित्र तीनै जनालाई  प्रहरीले फरकफरक मितिमा पक्राउ गरी अनुसन्धान गर्दा महिलाको हत्या उनीहरुले सामूहिक रुपमा  गरेको प्रहरीमा बयान दिएका छन् ।

आफूहरूले महिलालाई राति घरबाट बोलाए मुख बन्द गरेर घाँटी थिचेर हत्या गरेको र मृतक महिलाको शव उखुबारीमा लगेर आगो लगाए भागेको बयान दिएका छन् । पुस १७ गतेदेखि घरबाटै हराएकी महिला घर नफर्केपछि स्थानीयले पुस २३ गते बिहान उखु बारीमा महिला जलेको अवस्थामा शव फेला परेका थिए ।

हत्यामा संलग्न सन्तोष साहसँग मृतक महिलाको एक वर्ष देखि चिनजान भएको र मृतक महिलाले केही पैसा जग्गा खरिद गर्ने साहलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक महिला र साहबीच प्रेम सम्बन्ध समेत  रहेको र मृतक महिलाले साहलाई विवाह गरेर सँगै लैजान भनेपछि आफूले हत्या गरिएको साहले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।

प्रहरीले हत्यामा प्रयोग गरिए पल्सर २२० सीसीको मोटरसाइकल समेत बरामद गरेको छ। मृतक महिलाको श्रीमान दुई वर्ष देखि वैदेशिक रोजगारीको सिलसिला कतारमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP