Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खल्ती एप्सको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं : खल्ती एप्सको कर्मचारी हौँ भन्दै अनलाइन ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा पर्सा छिपहरमाई-२ का १८ वर्षीय निरञ्जन कुमार गुप्ता र सोही ठाउँकै १८ वर्षकै करण यादव रहेको प्रहरीको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

उनीहरूले विभिन्‍न व्‍यक्तिहरूलाई फोन गरी आफूहरू खल्ती एप्सको कर्मचारी हौँ भनी नवीकरण गर्न लगाई अनलाइन ठगी गरेका हुन्।

उनीहरूले मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन गरी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड (OTP Code) आउँछ अरू कसैलाई नदिई हामीलाई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पारी उक्त कोडबाट पीडितकै खल्ती आइडी खोलेर विभिन्न व्‍यक्तिहरूको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी रकम ठगी गरेको प्रहरीको भनाइ छ।

त्यस्तै, उनीहरूले पीडित व्‍यक्तिहरूको नागरिकताको फोटोकपी पेस गरी आइएमई IME तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर (City Express Money Transfer) बाट रकम निकाली अनलाइन ठगी गरेका हुन्।

प्रहरीले ठगीमा संलग्न गुप्तालाई जिप्रका, पर्सासँग समन्वय गरी निजहरूलाई पुस ३० गते पक्राउ गरेको हो। उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको र थप अनुसन्धा कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP