Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीलाई कैद सजाय

काठमाडौं : बालककले ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी एक कर्मचारीलाई कैद सजायको फैसला सुनाइएको छ।

कास्की जिल्ला अदालतले अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय, पीडितलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने फैसला सुनाएको हो।

कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएका हुन्। सरकारी वकिल कार्यालयले नेपालीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो।

नेपालीले बालबालिका विरुद्धको कसुर गरेको पुष्टी भएको भन्दै एक वर्षसम्म कैद सजाय तथा ५० हजार क्षतिपूर्तिको मागदाबी गरेको थियो। नेपालीले वर्ष ६ का नाबालकले बिस्तरामा पिसाब गरेको भनी पिसाब नलीमा बाँधेर यातना दिएको जाहेरीमा उल्लेख छ।

शुक्रबार दर्ता भएको मुद्दामा आइतबार थुनछेक बहस थियो। तर अदालतले बुझ्नुपर्ने प्रमाण सबै आइसकेको र अभियुक्तले कसुरसमेत स्वीकार गरी पश्चातापसमेत गरेको भन्दै फैसला नै सुनाएको हो। फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP