Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नाइजेरिया विजेता तथा इजिप्ट उपविजेता बन्दै नकआउट

एजेन्सी-अफ्रिकन कप अफ नेशन्सअन्तर्गत समूह ‘डी’ मा इजिप्ट अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको निर्णायक खेलमा  सुडानलाई १-० ले पराजित गर्दै इजिप्ट ६ अंकका साथ समूहको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

पहिलो हाफमा लिएको अग्रता नै इजिप्टलाई अन्तिम १६ मा पुग्न पर्‍याप्त रह्यो। इजिप्टका लागि अब्देलमोनेम मोहम्मद अहमेदले ३५औँ मिनेटमा बेखितको एसिस्टलाई सुदुपयोग गर्दै टिमलाई अग्रता दिलाए।

जुन अग्रता नै निर्णायक बन्यो। दोस्रो हाफमा पनि मोहम्मद सलाहको इजिप्टले गोलका केहि प्रयास गरेपिन सफल भएन।

त्यस्तै, नाइजेरिया समुहचरणका सबै तीन खेलमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहँदै विजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो। नाइजेरियाले गिनि बिसुलाई २-० ले पराजित गरेको थियो।

इजिप्ट भने पहिलो खेलमा नाइजेरयासँग पराजित हुँदा दोस्रो खेलमा गिनि बिसुमाथि जित निकालेको थियो। अन्तिम खेलमा सुडानलाई पराजित गरेसँगै नकआउटमा स्थान पक्का गर्‍यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP