Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जुवा खेलाउन तीन घर भाडामा, मासिक एक लाख डलरकाे हारजित

काठमाडाैं : अनलाइनबाट जुवा खेलाउने कार्यमा संलग्न रहेकाे आराेपमा प्रहरीले काठमाडाैं कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेकाे छ।नगरपालिकाको बिभिन्न स्थानमा अनलाइन जुवा खेलाउँदै गरेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।

कीर्तिपुर नगरपालिका-६ चोभार, वडा नं -९ न गाँउ र वडा नं-१० बागभैरबस्थित बिभिन्न घरहरू खानतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायतका विधुतीय उपकरणहरूसहित उनीहरूलाई  पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ।

पक्राउ पर्नेमा चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा र समिर  थापा, २७ वर्षीय कबिता थापा, ३० वर्षीय रवीन खड्का, वडा नं. १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, वडा नं. ८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, वडा नं. १० बस्ने १९ वर्षीय हनिशा महर्जन, वडा नं. ९ न गाँउ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारस्युँ गाउँपालिका-५ घर भई कीर्तिपुर-५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची-१३ घर भई कीर्तिपुर बस्ने १७ वर्षीय रमादेवी श्रेष्ठ छन्।

अनुसन्धानका क्रममा पक्राउ परेका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू समेत राखेको देखिएको महाशाखाले जनाएकाे छ।

त्यहाँ खटिने कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई अनलाइन जुवा खेल्न लिंक शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पैसा पुरस्कारको रुपमा दिने गरेको देखिएको महाशाखाले जनाएकाे छ।

जुवा खेलाउनेले करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको बुझिएको प्रहरीले जनाएकाे छ।

उनीहरूबाट बिभिन्न कम्पनीका १७ थान मोबाइल, बिभिन्न कम्पनीका १४ थान ल्याप्टप तथा दुई थान डेस्कटप कम्प्युटर तथा जुवाकाे हिसाव राख्ने रजिष्टर बरामद गरिएकाे प्रहरीले जनाएकाे छ। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएकाे महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP