Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जबरजस्ती करणी गर्ने ३ जना पक्राउ

खोटाङ : खोटाङमा जबरजस्ती करणीका छुट्टाछुट्टै कसुरमा एक सातामा नै ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ, सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई र  रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल रहेका छन्।

प्रकाशले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ। nछिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर डरधम्की देखाई करणी गरेको भन्दै परेको जाहेरीका आधारमा उनी बुधबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले खोजतलास गर्दा लुकिछिपी बसेका उनलाई दोर्पा चिउरीडाँडाबाटै पक्राउ गरेको हो। अर्का आरोपी धनकाजीले पुस ३० गते बिहान ११ बजे पाथेकाकै एक ४० वर्षीया महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी गरेको आरोप छ।

जबरजस्ती गरेको भनी टेलिफोनबाट प्रहरी चौकी तालखर्कलाई प्राप्त जानकारीका आधारमा प्रहरीले उनलाई मंगलबार पाथेकाबाटै पक्राउ गरेको हो। अर्का आरोपी किशोरले खार्पाकी एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।

गत भदौ ९ गतेयता उनले पटकपटक बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बिहीबार परिवारले दिएको जाहेरीका आधारमा उनलाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP