Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालमा लागु औषध दुर्व्यसनी बढ्दो‚ हरेक दिन पक्राउ पर्छन् ६ जना

काठमाडौं : लाउरेको नामले चिनिने र्‍यापर आशीष राना मगर ब्राउन सुगर (खैरो हेरोइन)को ‘केस’मा गत पुस २५ गते पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई ब्राउन सुगरसहित पोखराबाट पक्राउ गरेको थियो।

यस्तै,  झापाको भद्रपुर नगरपालिका-१ चिया बगानबाट लागूऔषध ३५ एम्पुल लुपिजेसिक,  ४३ एम्पुल डाइजेपाम र ४२ एम्पुल फेनारगनसहित सोही ठाउँका १७ वर्षीय किशोरलाई गत बुधबार साँझ प्रहरीले पक्राउ गर्‍यो।

उता कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट १ ग्राम ५५० मिलिग्राम अवैध ब्राउनसुगरसहित तीन जना पनि बुधबार नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-५ का ३० वर्षीय दोर्णबहादुर रावल, वडा नम्बर २ का २९ वर्षीय टेक विष्ट र वडा नम्बर ४ बस्ने ३० का मनिष भण्डारी रहेका छन्।

यी त उदाहरणका लागि राखिएका  केही घटना मात्र हुन्।  पछिल्लो समय नेपालमा लागु औषधसहित दैनिक ६ जना पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष (आ.व.) २०७८/७९ को मंसिरसम्म मात्र देशभरबाट २ हजार २४६ जना पक्राउ परेका थिए। जसमध्ये १ हजार ४७८ जनामाथि प्रहरीले मुद्दा दर्ता गरेको छ।

चार वर्षको अवधिमा कति पक्राउ परे?

चालु आ.व.को मंसिरसम्म २ हजार २४६, आ.व. २०७७/७८ मा ४ हजार ६२६, आ.व. २०७६/७७ मा ४ हजार ५४६ र आ.व. २०७५/७६ मा ५ हजार ५५८ जना लागुऔषधसहित पक्राउ परेका छन्।

लागु औषधसहित प्रहरीले पछिल्लो चार वर्षमा १६ हजार ९७६ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली, भारतीय र विदेशी नागरिक रहेका छन्।

आ.व. २०७५\७६ देखि चालु आ.व.को मंसिरसम्म कुल १५ हजार ७०० नेपाली पुरुष लागु औषधसहित पक्राउ परेको नेपाल प्रहरीको तथ्यांकमा छ।  यस्तै, चार वर्षमा ७१६ जना महिला पक्राउ परेका छन्। लागु औषधसहित भारतीय पुरुष र महिला गरी कुल ५१४ जना प्रहरी फन्दामा परेका छन्।  यस कार्यमा अन्य देशका ४५ जना रहेका छन्।

पक्राउ परेका सबैलाई मुद्दा लगाइँदैन

लागु औषध केसमा चार वर्षमा १६ हजार ९७६ जना पक्राउ परेका छन्। तीमध्ये  ११ हजार ९४ जनालाई मात्र मुद्दा चलाइएको छ। चालु आ.व.को मंसिरसम्म १ हजार ४७८, आ.व. २०७७/७८ मा ३ हजार १३, आ.व. २०७६/७७ मा २ हजार ९०० र आ.व. २०७५/७६ मा ३ हजार ७०३ जनालाई प्रहरीले मुद्दा चलाएको थियो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी  वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रकृति हेरेर मात्र मुद्दा चलाइने बताए। लागु औषध कारोबार र प्रयोगलाई रोक्न हरेक दिन प्रहरीले विशेष अपरेसन जारी राखेको र कतिपयलाई शंकाको आधारमा पनि पक्राउ गरिने भएकाले पक्राउ परेका सबैलाई मुद्दा चलाउन नमिल्ने केसीको भनाइ छ।

‘कतिपय नाबालिग हुने गर्छन्। कतिपय साना खालका दुर्व्यसनी हुन्छन्‚’ प्रहरी  वरिष्ठ उपरीक्षक केसी भन्छन्‚ ‘उनीहरूलाई सुधार्न सकिन्छ कि भनेर पनि परिवारको मातहतमा छोड्ने गर्छौं। जसले गर्दा पक्राउ पर्दैमा मुद्दा प्रोसेस अगाडि बढ्छ भन्ने हुँदैन।’

पूर्वडिआइजी हेमन्त मल्लले भने लागु औषध उत्पादन, वितरण गर्नेलाई मुद्दा चलाउने गरिएको बताउँछन्।  लागु औषध दुर्व्यवसनीलाई सुधार गृहमा लैजाने नीति रहेको मल्लले प्रष्ट्याए।

‘लागु औषधको कारोबार गर्नेहरूलाई मुद्दा चलाइन्छ‚’ उनले भने‚ ‘लागु औषध प्रयोगकर्ताहरूलाई भने कारागारभन्दा पनि सुधार गृहको जरुरत हुन्छ भन्ने कुरा कानुनमै उल्लेख छ।’

किन बढिरहेको छ लागु औषधको कारोबार?

हरेक  दिन लागु औषधसहित पक्राउ पर्नु सुखद् पक्ष पक्कै होइन। पछिल्लो समय किशोरावस्थाका व्यक्ति पक्राउ पर्ने समाचार बाहिरिएका छन्।

विश्वका अन्य मुलुकमा लागु औषधको व्यापार, वितरण र दुर्व्यसनमा प्रत्येक वर्ष ९ देखि १० प्रतिशत बढ्ने गरेको पूर्वडिआइजी मल्ल बताउँछन्। तर‚ नेपालमा भने यो दर कम रहेको उनको भनाइ छ। यद्यपि‚ नेपालमा यो दर बढ्दै गएको तर्फ उनले इंकित गरे।

‘लागुऔषधसहित पक्राउ पर्नेहरूको संख्या बढ्दैमा अपराध बढ्यो भन्ने संकेत गर्दैन। बरु प्रहरीले यो विषयलाई गम्भीर रुपमा लिएको संकेत गर्छ’, मल्लले भने।

अहिले पक्राउ पर्ने धेरै जसो युवा रहेका छन्। यसको मुख्य कारण उनीहरुको आर्थिक अवस्था कमजोर हुने भएकाले सजिलै कम समयमै छिटो पैसा कमाउने आश देखाइने भएकाले पनि उनीहरू यसतर्फ लाग्ने देखिएको मल्ल सुनाउँछन्।

‘यो उमेर समूह परिपक्व हुँदैनन्। उनीहरूलाई विभिन्न लोभमा यसतर्फ आकर्षित गरिन्छ। उनीहरू पनि पैसाको लोभ र क्षणिक रमाइलोका लागि यो दलदलमा फस्ने गर्छन्,’ उनले भने, ‘संगत अनि लागु औषध प्रयोगले बढ्दो तनाव कम गराउँछ भन्ने भ्रम सिर्जनाले पनि युवाहरू यसतर्फ होमिने गर्छन्। जुन एकदमै गलत मार्गमा युवाहरु रहेका छन्।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP