Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एमडी र एमएस प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डाै – चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत बिहारका शशिभूषण सिंह र भारत बिहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीमा रहेकाे परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो ।

ब्युरोले एक सूचना जारी गरी यस परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवम् परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP