Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अर्थतन्त्र धराशायी भयो भन्नेहरूलाई कामबाट जवाफ दिन्छौँ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले देशकाे अर्थतन्त्र धराशायी भयाे भन्नेहरूलाई सरकारले कामबाट जवाफ दिने बताउनुभएकाे छ । आज बुधवार ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसकाे अवसरमा भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको सुरुवात गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।   

अर्थमन्त्री शर्माले अहिले अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउनुहुँदै अर्थतन्त्र धराशायी नभएको बताउनुभयो । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेको भन्दै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने उहाँले दाबी गर्नुभयाे । 

‘ई–पेमेन्ट’ सँगै नयाँ युगकाे सुरुवात

भन्सार महसुलको ‘ई–पेमेन्ट’ प्रणालीको सुरुवात भएसँगै इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनबाट नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । योसँगै ‘नयाँ युग’ को सुरुवात भएको पनि उहाँले बताउनुभयो ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्त्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उहाँले भन्नुभयो, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै मन्त्री शर्माले भन्सार विन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिनुभयो । उहाँले भन्सारको निरन्तर सुधार अन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मन्त्री शर्माले भेइकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गर्नुभयो । सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्नुहुँदै उहाँले नेपाल र छिमेकी देशकाे सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको हो ।

उहाँले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेअनुसार अन्तर्राष्ट्रिय मापदण्डको क्वरेण्टीन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि मन्त्री शर्माले विश्वास दिलाउनुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्नुहुँदै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्नुहुँदै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याउनुभयो ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गर्नुभयो । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उहाँले जिकिर गर्नुभयो । यस कारण नयाँ पुस्तालाई व्यवसायमा आउन निरुत्साहित भइरहेको अध्यक्ष अग्रवालले गर्नुभयो ।

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP