Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा कान्तिपुर र नागरिक अस्पतालका कर्मचारीसहित बिचौलिया पक्राउ

काठमाण्डाै – नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाण्डाैकाे तीनकुनेमा रहेको कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी शिक्षण अस्पतालमा कार्यरत कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बुधवार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा नागरिक कम्युनिटी शिक्षण अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र रहेका छन् । यस्तै कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । 

प्रहरीले छिट्टानको साथबाट आठ थान र यादवको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्ट पनि बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब विना नै बिचौलियाहरू आफैँले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवम् व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको स्वाब नै सङ्कलन नगरि तयार पारिएका रिपोर्ट क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी बनाउने गरेको पाइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP