Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सई हुँ भन्दै लुट्ने पक्राउ

दाङ : प्रहरीको सई हुँ भनी लुटपाट गर्ने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१७ करजाई बस्ने २५ वर्षीय छ्याक्ले भन्ने अनिल पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार रातl करिब १० बजेतिर मार्शल पुन मगर र सन्तोष खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा आएका पुन र अर्का उनीका साथीले प्रहरीको सई भन्दै उनीहरूका साथमा रहेका २ वटा मोबाइल र ४ हजार नगद लुटपाट गरी फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पुन मगर र खड्का कोठामा सुत्न भनी जाँदै गरेको अवस्थामा घोराही-१५ भरतपुर आर्मी ब्यारेक नजिक सडकमा आफूहरू प्रहरीको सई भन्दै अपशब्द र हातपात गरी जबरजस्ती लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी खोजतलास गर्ने क्रममा शंकास्पद अवस्थामा पुनलाई फेला पारी खानतलासी गर्ने क्रममा उनका साथबाट लुटी लिएको मोबाइल फेला परेको थियो।

उनले आफू प्रहरीको सई हुँ भनी लुटपाट गरेको स्वीकार गरेकाले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नक्कली असई पक्राउ
यसैगरी आफू प्रहरी सहायक निरीक्षक (असई) हुँ भनी बताउने सोनाम तामाङ​लाई खानतलासी गर्दा प्रहरी सहायक निरीक्षकको ड्रेस र दर्ज्यानीसमेत लगाएका आठवटा फोटा फेला परेकाले निजलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। बुधबार बिहान भद्रकालीस्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा उनी नक्कली भएको खुलासा भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP