Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पवित्रहाङमा कप : एपिएफसी माङसेबुङ सेमिफाइनल प्रवेश

इलाम : माङसेबुङमा जारी १२ औं संस्करणको पवित्रहाङमा कपमा एपिएफससी माङसेबुङ सेमिफाइनल प्रवेश गरेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेलमैदानमा मंगलबार भएको खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै एपिएफसी सेमिफाइनलमा प्रवेश गरेको हो।

माङसेबुङको जितमा सुजुहाङमा लिम्बू एक्लैले चार गोल गरिन्। माङसेबुङले खेल अवधिभर विपक्षीलाई निरन्तर दवावमा राखेको खेलमा वुमन अफ दि म्याच सुनसरीकी सुस्मिता राई घोषित भइन्। उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।

प्रतियोगिताअन्तर्गत बुधबार सूर्योदय नगरपालिका इलामको जनता सेभेन स्पोर्टिङ क्लब र झापाको कनकाई नगरपालिकाबीच हुनेछ।

प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १६६ र उपविजेताले ६६ हजार १६६ रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै‚ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP