Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारत-वेस्ट इन्डिज एकदिवसीय : भारतले बनायो २ सय ३७ रन

एजेन्सी-भारत भ्रमणमा आएको वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीले जितका लागि २ सय ३८ रनको लक्ष्य दिएको छ। गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ३७ रन बनायो।

पहिले ब्याटिङ गरेको भारतका लागि ओपनिङमा आएका कप्तान रोहित शर्माले ८ बल खेलेर ५ रनमात्र बनाउन सके। उनलाई वेस्ट इन्डिजका कप्तान केमार रोचले आउट गरे। केमारको बलमा शर्माले शाई होपलाई क्याच थमाएका थिए।

अर्का ओपनर विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले ३ चौका प्रहार गर्दै ३४ बलमा १८ रन बनाएर ओडियन स्मिथको बलमा जेसन होल्डरको हातबाट क्याच आउट भए।

यसपछि भारतीय पूर्वकप्तान विराट कोहलीले पनि खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन्। उनी जम्मा १८ व्यक्तिगत रन बनाएर आउट भए। उनलाई होपले ओडियन स्मिथको बलमा क्याच आउट गरे।

केएल राहुलले भारतका लागि दोस्रो ठूलो व्यक्तिगत स्कोरका रुपमा ४८ बलमा ४९ रन हिर्काएर। उनले ४९ रन बनाउने क्रममा २ छक्का र ४ चौका प्रहार गरे। उनलाई होपले भारतको स्कोर १ सय ३४ रन हुँदा रनआउट गरे। त्यस वेला भारतले ३०औँ ओभर खेलिरहेको थियो।

सूर्यकुमार यादवले ५ चौकाको सहायताले सर्वाधिक ६४ रन बनाए। भारतका लागि यो नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। यसका लागि उनले ८३ बल खेले। उनी फ्याबिएन एलनको बलमा अल्जारी जोसेफबाट क्याच आउट भए। 

यसपछि वासिङटन सुन्दरले व्यक्तिगत ४१ बलमा २४ रन बनाए। १ चौका हिर्काएका उनलाई अकिल होसेनले जोसेफको हातबाट क्याच आउट पारे। उनी छैटौँ विकेटका रुपमा ४२औँ ओभरको अन्तिम बलमा आउट हुँदा भारतको स्कोर १ सय ९२ रन थियो।

१ चौकाको सहायताले १५ बलमा ८ रन बनाएका शार्दूल ठाकुरलाई भारतको स्कोर २ सय १२ हुँदा जोसेफले नै सरमाह ब्रुक्सबाट क्याच गराए। उनी आउट हुँदा भारतको ७औँ विकेट खसेको थियो।

५ बल खेलेर ३ रनमात्र हान्न सकेका मोहम्मद सिराजलाई ४८औँ ओभरमा जोसेफले नै होपको हातबाट क्याच आउट पारे। उनी आउट भएसँग भारतको ८औँ विकेट झरेको थियो।

दीपक हूडाले २५ बलमा आक्रामक २९ रन बनाउने क्रममा २ चौका प्रहार गरे। ४९औँ ओभरमा उनले जेसन होल्डरको बलमा जोसेफलाई क्याच थमाएर आउट भए। नवौं विकेटका रुपमा उनी आउट हुँदा भारतको स्कोर २ सय २६ रन थियो।

यसपछि यजुर्वेन्द्र चहल १० बलमा ११ रन बनाएर र प्रशिध कृष्ण ३ बलमा कुनै रन बनाउन नसकी नट आउट रहे र भारतले ९ विकेट गुमाएर २ सय ३७ रन बनायो।

बलिङतर्फ वेस्ट इन्डिजका अल्जारी जोसेफ र ओडियन स्मिथ दुवैले २र२ विकेट लिए। जोसेफले यसका लागि १० ओभर र स्मिथले ७ ओभर बलिङ गरे। यसैगरी केमार, होल्डर, होसेन र एलन चारै जनाले १र१ विकेट हात पारे।

पाली शुरु गरेको वेस्ट इन्डिज यति वेलासम्म ६ ओभर खेलेर २८ रन बनाएको छ। अहिले शाई होप १० र ब्रान्डन किङ १८ रन बनाएर क्रिजमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP