Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ए डिभिजन लिग : आजदेखि दशौं चरणका खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणका खेल आजदेखि हुँदैछ। यस चरणको पहिलो खेलमा रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबसँग शुक्रवार दिउँसो १ बजे प्रतिस्पर्धा गर्दैछ।

दुवै टोली रेलिगेशनबाट जोगिन स्पष्ट तीन अंकको खोजीमा हुनेछन्। खेलअघि बिहीवार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन्।

तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भएजस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको प्रतिक्रिया दिएका थिए।

ब्रिगेड ब्वाइजका प्रशिक्षक समीर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जितबाहेकको विकल्प नभएको बताएका छन्।

शुक्रवार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी र जावलाखेल क्लबबीच प्रतिष्पर्धा हुनेछ। खेल अपराह्न पौने ५ बजे हुनेछ। मनाङ मर्स्याङदी क्लबभन्दा दुई अंकले पछि रहेको आर्मी पनि शीर्ष तीनभित्र अटाउने रणनीतिका साथ मैदान उत्रँदैछ। लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP