Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दीपेन्द्रको ६५ रनकाे मद्दतले ओमनमाथि नेपालको जित

काठमाडौं : ओमनमा जारी चार देशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा घरेलु टिम ओमानविरुद्ध नेपालले ६ विकेटको जित निकालेको हो। ओमानले दिएकाे १३६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गर्दै निर्धारित ओभरमा तीन बल बाँकी रहँदै चार विकेट गुमाएर १३७ रन बनाएको छ।  

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रन बनाएपछि नेपाललाई जित सहज बनेकाे हाे।  पहिलो पारीमा नेपालका लागि अभिनाश बोहराले तीन विकेट लिए भने आरिफ शेख, सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान १/१ विकेट झारे।

सन्दीपको कप्तानीमा विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टिममा डेब्यु गरेका छन्। आजको खेलमा करण केसी र कुशल भुर्तेल भने बेञ्चमै थिए।

नेपालविरुद्ध ओमनका काश्यकपले ११, जितेन्दर सिंहले १३ रन बनाउँदा सोएब खानले ११ र आयन खानले ११ रन बनाए। पाँचौ र छैटौं नम्बरमा मैदान पसेका जिसम मक्सोद र मोहम्मदन नदिमले उत्कृष्ट साझेदारी गरेपछि ओमनको ब्याटिङ सम्हालिएको थियो। यी दुई खेलाडीले ६१ रनको साझेदारी गरे। उनीहरुले ९ ओभर तीन बलमा ५८ रनसँगै चार विकेट गइसके पनि टिमलाई ११९ रनसम्म पुर्‍याए।

त्यस्तै मोहम्मद नदिमले ३१ रन बनाए भने जिसमले अविजित ४३ रन जोडे। खेलको तीन ओभर दुई बलमा नेपालले पहिलो विकेट गुमाएको हो। त्यस्तै, सोही ओभरको अर्को बलमा नेपालको दोस्रो विकेट पनि गुम्याे। यो ओभरमा कलिमुल्लाहले नेपालका दुवै ओपनरलाई पेबेलियन फर्काए।

नेपाली ओपनर आशिफ शेख ११ बलमा १४ रन बनाउँदै आउट भए भने १४ बलमा चार रन बनाएका प्रदीप ऐरी पनि बाहिरए। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए। १० ओभर पाँच बलमा ६५ रनसम्म पुर्‍याएपछि ज्ञानेन्द्र रन आउट भए।

उनीहरुले ४५ रनको साझेदारी गरेका थिए। दीपेन्द्रले ५३ बलमा ७३ रन बनाए भने आरिफ शेखले २० बलमा २५ रन बनाए। दीपेन्द्रले आठ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडे। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP