Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालीलाई उक्त अवार्ड प्रदान गरे। सोही अवसरमा उनले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०७८’ को लोकार्पणसमेत गरे। समारोहमा प्रहरी महानिरीक्षक थापाले साइबर युगको वर्तमान अवस्थामा सोही अनुरुप अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताए।

प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीका साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्री निर्माण गर्नुपर्नेमा जोड दिए।

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतु प्रतिष्ठानले चालु आर्थिक वर्षदेखि प्रहरीको तालिम क्यालेन्डरमा नै राखी अनलाइन तालिम सञ्चालन गरेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP