Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णयमा उद्योग वाणिज्य महासङ्घले आपत्ति जनाएको हो ।

कोरोना महामारीका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको र पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको भन्दै महासङ्घले बैंकिङ्ग क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्न सहयोग हुने अपेक्षा भइरहेको अवस्थामा निक्षेपको ब्याज बढाउने विषय मिल्दो नभएको महासङ्घको भनाइ छ ।

उद्योग व्यवसाय क्षेत्र तथा उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढे यो क्षेत्र थप धरासायी हुने र उद्योगी व्यवसायी सडकमा आउने अवस्थातर्फ महासङ्घले सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने हो भने उद्योग व्यवसायलाई निरन्तरता दिन नसकिने महासङ्घले ठहर छ ।

ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने भन्दै महासङ्घले उद्योग क्षेत्र दबाबमा परे त्यसको प्रत्यक्ष असर देशको उत्पादन र अर्थतन्त्रमा पर्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएको छ । तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर नबढाउन बैंकहरुबीच भएको भद्र सहमति हिजो तोडिएको छ ।

तीन महिनादेखि नबढेको मुद्दतीको ब्याजदर बैंकहरुले चाहेमा बढाउन खुला गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । तीन महिनाअघि राष्ट्र बैंकले बैंकहरुलाई मुद्दती निक्षेपको ब्याजदर नबढाउन दबाब दिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP