Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा जथाभावी रुख फडानी : मिलेमतोमा छपानभन्दा कटान बढी


विगतमा ढलापडा संकलन गरी त्यसबाट आयआर्जन गर्दै आएका सामुदायिक वनहरू बढी रुख काट्न पाइने लोभमा वैज्ञानिक वन व्यवस्थापनतर्फ आकर्षित भए । वनको दिगो व्यवस्थापनका लागि वैज्ञानिक वन व्यवस्थापन ठीक भएपनि सामुदायिक वनका पदाधिकारीहरूको नियत ठीक नदेखिएको आरोप लाग्न थालेको छ ।

फलस्वरूप वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना बनाइ बूढा रुख, उमेर पुगेका रुख कटान गरियो र मनग्गे आम्दानी गरियो । वनको अवस्था सुधारभन्दा पनि सामुदायिक वनहरू आर्थिक सुधारतर्फ उन्मुख देखिएकाले यस्तो भएको उपभोक्ताको गुनासो छ ।

कार्ययोजनामा उल्लेख गरेअनुसार रुख कटान गर्ने भएपनि कपिलवस्तुका अधिकांश सामुदायिक वनहरूले ठेकेदार तथा कर्मचारीको मिलेमतोमा कार्ययोजनाभन्दा बढी रुख छपान गराउने र कटान गर्ने गरेको पाइएको छ । जिल्लाको बाणगंगा २ स्थित नवजागृति सामुदायिक वनले कार्ययोजनाले तोकेभन्दा बढी रुख कटान गरेको आरोप समितिकै सदस्यहरूले सार्वजनिक गरेका छन् ।

आ।व। २०७५र७६ मा ठेकेदारको मिलेमतोमा गरिएको उक्त कटान हाल उपभोक्ताबीच ठेकेदारसँगको लेनदेनमा कुरा नमिलेपछि बाहिर आएको हो । सामुदायिक वनका अध्यक्ष पदम अधिकारीसहितको टिमले छपान गरिएको रुख कटानबाट बढी आम्दानी नहुने देखेपछि कार्ययोजना र वन कार्यालयको निर्देशन विपरीत जर्बजस्ती २० भन्दा बढी रुख काटेको समितिकै एक सदस्यले जानकारी दिए ।

उनकाअनुसार तत्कालीन समयमा प्लट नम्बर १ को सी १ एस १ र सी १ एस २ मा कटान गरिएको रुखहरूमा २० भन्दा बढी रुख अवैध कटान गरिएको थियो ।

ती रुख कटानबाट करिब ५ सय क्यूफिट काठ निस्किएको र ती काठको हरहिसाब नमिलेपछि विवाद चर्किएको छ । समिति अध्यक्ष तथा कटान ठेकेदार मिलेर रुख नम्बर ८३९, ८४१, ८३७, ८३४, ११४१, २६०, २६१ सहित अन्य रुखहरू समेत काटिएको बताइएको छ । तीमध्ये अधिकांश रुखहरू पुनरुत्पादनका लागि माउ रुखको रूपमा राखिएको थियो ।

यस सम्बन्धमा सामुदायिक वन त्यसलाई नियमन गर्ने पिपरा सबडिभिजन कार्यालय तथा डिभिजन वन कार्यालयले कुनै चासो नराखेको उपभोक्ताहरूको भनाइ छ । डिभिजनल वन प्रमुख विजयराज सुवेदीलाई यसबारे स्थानीयले मौखिक जानकारी गराउँदासमेत वास्ता नगरेको र विवाद अगाडि नै लिलाम भएका काठ छिटो उठाएर लैजान निर्देशन दिएको उपभोक्ता श्रोतले जानकारी दिएको छ ।

योजनामा उल्लेख भएभन्दा बढी रुख काटिए वैज्ञानिक वनको चक्रीय प्रणालीमा असर पर्ने विज्ञहरूले बताएपनि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना स्वीकृत गराएका सामुदायिक वनहरूले आयश्रोतको रुपमा मात्रै वन कटानलाई बुझेको सरोकारवालाहरूको भनाइ छ ।

कपिलवस्तुका २ वटा डिभिजन वन कार्यालय अन्र्तगत रहेका २ सयभन्दा बढी सामुदायिक वनमध्ये ७० प्रतिशतमा वैज्ञानिक वन व्यवस्थापन अनुसार कार्ययोजना वनेको छ । संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै खारेज गरेपनि कपिलवस्तुमा भने विभिन्न बहानामा यसले निरन्तरता पाएको छ ।

सामुदायिक वनका अध्यक्ष पदम अधिकारीले नियमभन्दा बाहिर गएर काम नगरेको बताउँदै केही दल निकटका सदस्यहरूले समूहमा राजनीति गर्नका लागि यस्तो आरोप लगाएको बताए । उनले वनको स्वीकृतबिना कुनै रुख नकाटिएको र सबै छानविनका लागि समूह तयार भएको र पुरानो कुरा उठाएर यस्तो भाँजो हालिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP