Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले श्रीलंका नेभीसँग आज दोस्रो खेल खेल्दै

काठमाडौं : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल पनि नेभीविरुद्ध नै खेल्न लागेको हो।

हिजो भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो।

श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई–दुई विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुँदै २१४ रन जोड्यो।

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो। श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग चार अभ्यास खेल खेल्ने छ।

नेपालले तेस्रो खेल बिहीवार श्रीलंका पुलिस र चौथों खेल शुक्रवार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग खेल्ने तालिका छ। नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छ।

सिरिजको पहिलो खेलमा नेपालले मार्च १६ मा पिएनजीविरुद्ध खेल्नेछ। नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा, तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा खेल्नेछ। नेपालले अन्तिम खेल पिएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP